१५ फाल्गुन २०८१, बिहिबार | February 27, 2025

महत–केसीलाई प्रमोट गर्न खोजियो भन्दै गुरुङ्गद्धारा प्रशिक्षण कार्यक्रम बहिष्कार


February 27, 2025
18.2k
Shares

काठमाडौं,१५ फागुन । नेपाली कांग्रेस १०० दिने अभियान अन्तर्गत नुवाकोट जिल्लाले समापन गरिसकेको कार्यक्रम फेरि नीति विपरीत गर्न लागेको भन्दै तरुण दल केन्द्रीय सदस्य संजिब गुरुङले विरोध जनाएका छन् ।  कसैलाई प्रमोट गर्नको लागि कार्यकर्तालाई भ्रमित पारी कार्यक्रम गर्न लागेको भन्दै गुरुङले आपत्ति जनाएका हुन् ।

बिहीबार गुरुङ्गले जारी गरेको विज्ञप्ती भनिएको छ,‘नेपाली कांग्रेस नीतिमा चल्छ विधिमा चल्छ र युवा पुस्ताको आफ्नै इतिहास र युवा सक्षम छ युवामा चेतना छ कसैलाई प्रमोसन गर्नको लागि युवा पुस्ता अगाडि बढ्दैन नुवाकोटमा देखिएको महत र केसीको खिचातानी जिल्लाभरिका सम्पूर्ण कार्यक्रममा कार्यक्रममा आफै प्रमुख अतिथि बन्नुपर्छ भन्ने होडले नेपाली कांग्रेस दुई चिरामा बाडिएको मात्र होइन कार्यकर्तामा मनमुटाव र फाटो सामाजिक सञ्जालमै प्रत्यक्ष देख्न सकिन्छ। यसबाट नेपाली काङ्ग्रेस संगठन नुवाकोटमा कमजोर मात्र नभई त्यो आदि पुरुष बीपी कोइरालाको विचारको समाप्ति नुवाकोटबाट सुरु हुन लागेको भन्ने देखिन्छ ।’

अब युवा पुस्ता सचेत हुनु आजको आवश्यकता हो भन्दै युवा नेता गुरुङ्गले लेखेका छन्, ‘केसी र महत बाहेकका नयाँ विकल्पहरू पनि आज समाजमा योग्य छन् नयाँ ढङ्गले नेतृत्व गरी संगठन चलाउन काबिल छन् गुरुङले आम युवा पुस्तालाई सचेत गराएको छ हामी भ्रष्टहरूको नोकर होइन हामी यो देशको युवा हौं आज देश संकटमा छ चारैतिर छाडा छाडा नाराहरू गुञ्जिएको छ। नेपाली कांग्रेस देश र जनता पीडामा हुँदा कोही सभापति बन्नको लागि दौडिएको छ कोही प्रमुख अतिथि बन्नको लागि दौडिएको छ कोही बाजा गाजा र नाचगान गरी रमाउनमा व्यस्त छन् त्यसैले आम युवा पुस्ता सचेत भई परिवर्तन गर्नु आजको आवश्यकता छ ।’

युवा पुस्ता देश रित्याएर जन्मदिने बा–आमाको काख रित्याएर परदेशी भूमिमा पसिना बगाउन बाध्य भएको भन्दै राज्यमा भ्रष्टाचार बढेकोमा उनले चिन्ता व्यक्त गरेका छन् । ‘आज आर्थिक संकट झेलिरहेको नेपाल राजनीतिक अस्थिरता फरक–फरक पार्टीको द्वन्द सम्पूर्ण पार्टी पद्धति प्राइभेट कम्पनीकै रूपमा स्थापित हुँदै गर्दा पार्टीभित्र मौलाएको भ्रष्टाचार गुटबन्दी दलालीहरूको हावीले गर्दा पढाइको बहाना होस् या रोजगारीको बहानामा होस् आम युवा पुस्ता देश रित्याएर जन्मदिने बाआमाको काख रित्याएर परदेशी भूमिमा पसिना बगाउन बाध्य छ। बजे कुचेका केही युवाहरू राजनीति खिचातानीकै कारण डर र त्रासमा बस्न बाध्य छ। आज झन्डा बकुन्जेल र दलालीहरूलाई पैसा दिउँन्जेलसम्म युवा र मेरो कार्यकर्ता जब विचारलाई फरक बनाउँदै जाँदा र आफ्नो क्षमता देखाउँदै जाँदा गुण्डा भनी तिरस्कार गराई कानुनको फन्दामा पार्दिन्छु भने डर र त्रास देखाई आज युवा पुस्ता आठ दश जना कहीँ भेला भई आफ्नो मनको भावना साट्ने वातावरणसम्म राज्यमा छैन। राज्य र राज्यका निकायहरूमा आबद्ध व्यक्तिहरू निरीय हुँदा सम्पूर्ण नीतिका तहहरूमा दलालीहरूको हावी हुँदा नीति र नियमलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्दा आज देश त गरिबीको रेखामुनि धकेलिएको छ।’
समाजसेवी समेत रहेका युवा नेता गुरुङ्गले कर्मठ हातहरू र कर्मठ योद्धाहरू राष्ट्र निर्माणको लागि एकबद्ध हुने बेला आएको पनि उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया