महाशिवरात्री मनाइँदै, पशुपतिनाथमा लाखौं भक्तजन पुगे

काठमाडौं, १४ फागुन । आज महाशिवरात्री । विश्वभरका हिन्दूहरुले भगवान शिवको पूजा आराधना गरी मनाइरहेका छन् । शीव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ ।
महाशिवरात्रीमा पशुपतिनाथमा लाखौं भक्तजन विहानैबाट पुगेका छन् । यसवर्ष पशुपतिमा दर्शनार्थी झन् बढेको जनाइएको छ ।