हिन्दुवादीको डर क कस्लाई

काठमाडौं, १२ फागुन । देशमा हिन्दु धर्म माँस्न ठूलै लगानी आएको छताछुल्ल भइसकेको छ । स्वयं अमेरिकी अधिकारीहरुले नास्तिकता फैलाउन नेपालमा ठूलो पैसा खर्च गराइएको खुलासा गरेपछि तरंग नै आयो ।
यसै पनि हिन्दुत्वका पक्षधरहरु नेपालमा बलियो हुँदै गएका थिए । ट्रम्पको खुलासाले त हिन्दु धर्ममाथि आक्रमणको ठेक्का लिएकाहरु त्रस्त छन् । उनीहरु छलछाम गर्दै यथार्थ छोप्ने असफल प्रयास गरिरहेका छन् ।
देशमा हिन्दुवादी बलियो हुँदै गएका छन् । उनीहरुको तल्लो तहसम्म संगठन छ । यो संगठन राजनीतिक दलका रुपमा विकास भएमा तरंग नै आउनसक्छ ।
हिन्दुवादी दल उदाएमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीमात्र नभई राप्रपालाई पनि असर गर्छ । राप्रपाले हिन्दु राष्ट्र मात्र भनेको छ तर उसको विचार हिन्दुत्व होइन । क्षेत्रीय दलहरुलाई पनि धक्का पर्छ ।
हिन्दुवादीहरुको बलियो संगठन बनिरहेको र छिन्न भिन्न भएकाहरु जोडिएमा ठूलै संगठन बन्न पुग्छ ।