१० फाल्गुन २०८१, शनिबार | February 22, 2025

प्रकृति लम्सालको नाममा भारतको विश्वविद्यालयले छात्रवृत्ति स्थापना गर्ने


February 20, 2025
1.2k
Shares

काठमाडौं, ८ फागुन । भारतको उडिसाको भुननेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले दिवंगत नेपाली छात्रा प्रकृति लम्सालको नाममा छात्रवृत्ति स्थापना गर्ने घोषणा गरेको छ । विश्वविद्यालयमा मृत भेटिएकी लम्सालको नाममा नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति दिइने विज्ञप्तिमार्फत् जानकारी दिइएको हो ।

विश्वविद्यालयका संस्थापक प्राध्यापक अच्युता सामन्तले उनको सम्मान र सम्झनामा विशेष छात्रवृत्ति दिने घोषणा गरेका हुन् । सामन्तले प्रकृतिको मृत्युका सम्बन्धमा नेपालका परराष्ट्रमन्त्री आरजु देउवा र गृहमन्त्री रमेश लेखकसँग फोनमा कुराकानी गरेको र नेपाली दूतावासका काउन्सलरसँग पनि भेटेर घटनाबारे विश्वविद्यालयबाट चालिएको कदमबारे जानकारी गराएको उल्लेख छ । सामन्तले परिवारका सदस्यसँग पनि भेटघाट गरेका छन् ।

यसैगरी, प्रकृति लम्सालको बुधबार नै रुपन्देहीस्थित स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ । उनको न्यायका लागि अखिल भारतीय विद्यार्थी परिषद् एबीभीपीले दबाबमूलयक प्रदर्शन गर्दै आएको छ ।
भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीको होस्टलमा नेपाली छात्रा प्रकृति लम्साल आइतबार मृत भेटिएपछि भारत र नेपालमा प्रदर्शन भएका छन् । उडिसा प्रहरीले आरोपीलाई पक्राउ गरी कारबाही बढाएको छ ।

प्रतिक्रिया