हाँस्यकलाकार जेलेन्स्कीका लागि ३५० अर्ब डलर खर्चिएकोमा ट्रम्पले गरे आलोचना

एजेन्सी, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिर्ता नपाउने पैसा एक सफल र साधारण हाँस्यकलाकारका लागि खर्चिएको भन्दै युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई कडा चेतावनी दिएका छन् । उनले गएराति ट्वीट गर्दै ३५० अर्ब डलर अमेरिकालाई खर्च गराउन राजी बनाएकोमा समेत प्रश्न गरेका छन् ।
अमेरिकाले युरोपभन्दा २०० अर्ब डलर बढी खर्च गरिसकेको उल्लेख गर्दै युक्रेन युद्ध अमेरिकाले युरोपका लागि लडिदिएको तर्क गरेका छन् । अमेरिकाले पठाएको आधार रकम हराएको जेलेन्स्कीले स्वीकार गरेकोमा पनि प्रश्न उठाए ।
आफूले युक्रेनलाई माया गर्ने तर जेलेन्स्कीका कारण देश टुक्रिएको र लाखौं मानिस अनावश्यक रुपमा मारिएको लेखेका छन् ।