फाटेको जुत्तामा स्वामी विवेकानन्द ज्ञान परीक्षाका हिरो (भिडियोसहित)

काठमाडौं, ३ फागुन । टुँडिखेलमा शुक्रबार स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा हजारौं विद्यार्थीको भीडमा थिए अछामका लोकराज जैसी । शहिद स्मारक मावि किर्तिपुरमा कक्षा १२ मा अध्ययरत उनको नाम घोषणा भयो ३१ हजार राशी जित्नेमा ।
हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गरेको ज्ञान परीक्षामा सबै प्रश्नको उत्तर दिने ६८ जनाको नाम गोलाप्रथाबाट निकाल्दा द्वितीय पुरस्कार जित्नेमा परे लोकराज । उनी मञ्चमा आउँदा जुत्ता फाटेको देखिन्थ्यो ।
विपन्न परिवारका उनले पुरस्कार जित्दा हिन्दू स्वयंसेवक संघका संघचालक पूर्वएआइजी कल्याणकुमार तिमिल्सिनाले बधाई दिदै भनेः यो जितको खुशी आमाबुवालाई साट्नु । लोकराजले आमाबाबु गाउँमै रहेको सुनाए । तिमिल्सिनाले भनेः फोन गरेर सुनाइहाल्नु है ।