३ आश्विन २०८१, बिहिबार | September 19, 2024

दिव्यमानले परोपराका लागि सुरु गरे एक करोड अक्षयकोषको दिव्य गायत्री ट्रष्ट


0
Shares

काठमाडौं, १० वैशाख । प्रतिष्ठित व्यवसायी सञ्चालनमा ल्याएका छन् । ७५औं वर्ष पुगेको उपलक्ष्यमा उनले दिव्य गायत्री ट्रष्ट सुरु भएको घोषणा गरेका हुन् ।

शनिवार साँझ होटल सोल्टीमा दिव्यमानले देश विदेशका नाम चलेका उद्योगी व्यवसायीलाई निम्त्याएका थिए । झण्डै पाँच सय विशिष्ठ अतिथि बीच श्रेष्ठले ट्रष्टमार्फत् हरेक वर्ष कम्तिमा १० लाख रुपैयाँ विपन्न आर्थिक अवस्था भएकाको शिक्षाका अलावा विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्ने जानकारी दिए । श्रेष्ठले भने–जीवनमा सेवा नै धर्म हो भन्ने भावनालाई अझ संस्थागत गर्न ट्रष्टको सुरुवात गरेको छु ।

ट्रष्टको औपचारिक घोषणा नहुँदै रक्तदान कार्यक्रम आयोजना भइसकेको छ । धादिङमा ट्रष्टले परोपकारका कार्यहरु अगाडि बढाउन थालिसकेको छ । ट्रष्टमा आवश्यकता अनुसार अक्षयकोष थप्दै जाने उद्देश्य समेत राखेका दिव्यमान श्रेष्ठ नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नाम चलेका व्यवसायी हुन् । उनको ट्रेड लिंक कम्पनी आयात निर्यातमा काम गर्दै आएको छ । ट्रेड लिंकले विदेशी लगानी भित्राउने, जलविद्युत आयोजना निर्माणलगायत बहुक्षेत्रमा काम गर्दै आएको छ । व्यवसायी श्रेष्ठ कठिनभन्दा कठिन कामलाई पूरा गरेरै छाड्ने व्यक्तित्वका रुपमा परिचित छन् ।

ट्रेड लिंकले पनि ५०औं वर्षगाँठ मनाएको छ । आधा शताब्दीमा ट्रेड लिंक नेपालको व्यवसायिक क्षेत्रमा विशेष ब्रान्ड बनाउन सफल छ । दिव्यमान श्रेष्ठ सेल्फ मेड व्यक्तित्वका रुपमा पनि चिनिन्छन् । २०२४ को वैशाख २७ मा ५५ सय रुपैयाँले न्यूरोडमा रोयल फोटो स्थापना गरी व्यवसायिक यात्रा सुरु गरेका दिव्यमान अहिले देशको प्रतिष्ठित व्यवसायी बन्न सफल भएका छन् ।

पूर्वमन्त्री शंकर कोइराला दिव्यमान कुनैपनि काममा मरिमेटेर मिहेनत गर्ने र परोपकारमा पनि उत्तिकै सक्रिय व्यक्ति भन्छन् । दिव्यमान विगतमा पनि परोपकारी कार्यमा लागेकोमा पछिल्लो समय यसलाई संस्थागत बनाउन सफल भएका छन् । पूर्वन्यायाधीश हरिबहादुर बस्नेत दिव्यमानलाई धन र मन दुवै भएको व्यक्तित्व भन्छन् ।

दिव्यमानका बाल्यकालका मित्र पूर्वमन्त्री दिपकुमार उपाध्याय दुनियाँको भलो चाहने भएकाले परोपकारको उद्देश्यले स्थापित ट्रष्टले काम सुरु गरिसकेकोमा खुशी व्यक्त गर्छन् ।

प्रतिक्रिया