दिल्ली विधानसभा चुनावः भाजपा र आपबीच मुख्य प्रतिष्पर्धा
एजेन्सी, २३ माघ । भारतको दिल्ली विधानसभाको चुनाव भइरहेको छ । ७० सिट विधानसभा सदस्यका लागि ६९९ उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य प्रतिष्पर्धी केन्द्रमा सत्तारुढ भारतीय जनता पार्टी र दिल्लीमा सत्तारुढ आम आदमी पार्टीबीच हुने देखिएको छ ।
७० सिटमै कँग्रेस आईका उम्मेदवार पनि छन् । तर, कँग्रेस आई कमजोर देखिएको त्यहाँका सञ्चारमाध्यमको मत सर्वेक्षणले देखाएको छ ।
लोकसभा चुनावमा भाजपाले दिल्लीको सबै ७ सिटमा जित हासिल गरेको थियो । अघिल्लो दुईवटा विधानसभा चुनावमा आप जितेको थियो । आपलाई भाजपाले सत्ताबाट बाहिर बनाउने आँकलन गरिएको छ ।