१० माघ २०८१, बिहिबार | January 23, 2025

बँगलादेशबाट कति गैरकानूनी तरिकाले नेपाल छिरे


January 23, 2025
581
Shares

काठमाडौं, १० माघ । यतिबेला चर्चामा छन् बलिउड कलाकार सैफ अली खान । उनीमाथि गत हप्ता ज्यान लिने उद्देश्यले आक्रमण भयो । आक्रमणकारी बँगलादेशी नागरिक मोहम्मद सरिफुल इस्लाम रहेको खुल्यो । उनी गैरकानूनी रुपमा केही महिना अघि मात्र भारत छिरेको समेत पत्ता लाग्यो । भारतमा अवैध रुपमा छिर्ने बँगलादेशी र बर्मेलीको संख्या बढिरहेको छ । उनीहरुमध्ये कतिपय नेपाल समेत आइपुग्छन् ।

नेपालमा बँगलादेशबाट ठूलो संख्यामा अवैध रुपमा छिर्नेको संख्या बढिरहेको छ । विगतमा त्यस्ता गैरकानूनी छिर्नेहरुले नेपाली पासपोर्ट बनाएर खाडी देश र मलेशियासम्म पुगेर वैदेशिक रोजगारीमा संलग्न रहेका थिए । उनीहरुमध्ये कतिपयको मृत्यु हुँदा बल्ल वास्तविकता पत्ता लागेको थियो । विभिन्न समूहको योजनामा नेपालमा बँगलादेशीहरु छिरिरहेका छन् । उनीहरुमध्ये कतिपयले यही नागरिकता समेत बनाइसकेको बुझिएको छ ।

बर्माबाट बँगलादेश अनि भारत हुँदै रोहिंग्या मुसलमान त हजारौंको संख्यामा नेपाल पसेको तथ्यांक छ । उनीहरु काठमाडौं, ललितपुरका अलावा तराईमा समेत बसोबास गर्न थालेका छन् । सरकार भने गैरकानूनी घुसपैठीबारे मौन छ । यसले कुनैपनि बेला राष्ट्रिय सुरक्षाको खतरा बढाउन सक्छ ।

प्रतिक्रिया