७ माघ २०८१, सोमबार | January 20, 2025

गढीमाई मन्दिरमा आक्रमण, दोषीमाथि कारबाही नगरे कडा कदम चाल्ने विश्व हिन्दू परिषद्को चेतावनी


January 20, 2025
2.2k
Shares

काठमाडौं, ७ माघ । बाराको गढीमाई मन्दिरमा आक्रमणपछि हिन्दू समुदाय आक्रोशित भएका छन् । यसले कुनैपनि बेला धार्मिक द्वन्द्वको खतरा बढेको छ ।
घटनालाई लिएर विश्व हिन्दू परिषद नेपालले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै आक्रमणको कडा विरोध गरेको छ । दोषीहरूमाथि शीघ्र कडा कारबाही गर्न माग समेत गरेको छ ।

विश्व हिन्दू परिषद नेपालका प्रतिनिधिहरूले घटनालाई सनातन हिन्दू धर्ममाथिको प्रहार र धार्मिक स्वतन्त्रताको उल्लंघन भएको बताएका छन्। परिषदले समुदाय विशेषका आपराधिक मानसिकताले प्रेरित यस्ता आक्रमणहरूलाई नियन्त्रण गर्न सरकार र प्रशासनको भूमिका कडा रूपमा माग गरेको छ।

परिषदले सरकार र प्रशासनले तुरुन्त कदम नचाले थप आन्दोलनको चेतावनी समेत दिएको छ।

गढीमाई मन्दिर हिन्दू धर्मावलम्बीहरूको गहिरो आस्थासँग जोडिएको ऐतिहासिक स्थल हो।

ज्ञापनपत्रमा प्रस्तुत प्रमुख मागहरू

१) आक्रमणकारीहरूको गिरफ्तारी – घटनामा संलग्न सबै व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाही थाल्न।

२) विशेष अनुसन्धान समिति गठन – घटनाको निष्पक्ष छानबिनका लागि विशेष समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न।

३) धार्मिक स्थलहरूको सुरक्षा प्रवर्द्धन – गढीमाई मन्दिर लगायतका धार्मिक स्थलहरूको सुरक्षा प्रबन्धलाई थप प्रभावकारी बनाउन।

 

प्रतिक्रिया