सैफ अली खानमाथि आक्रमण गर्ने बँगलादेशी नागरिक
एजेन्सी, ६ माघ । बलिउड कलाकार सैफ अली खानमाथि आक्रमण गर्ने बँगलादेशी नागरिक भएको खुलेको छ । उनीमाथि आक्रमण गर्ने बँगलादेशी नागरिक सरिफुल इस्लाम सेहजाद अवैध रुपमा भारत छिरेको मुम्बई प्रहरीले जनाएको हो ।
खानमाथि मुम्बईको अर्पाटमेन्टमा बिहिबार विहानै आक्रमण भएको थियो । आक्रमणपछि उनलाई अस्पताल लगिएको थियो ।
बँगलादेशबाट अवैध रुपमा भारत छिर्नेहरुको विषयबारे सत्तारुढ भाजपाले उठान गर्दै आएको छ ।