२६ पुस २०८१, शुक्रबार | January 11, 2025

प्रचण्डले गरे ओली सरकार ढल्ने दाबी


January 10, 2025
1.2k
Shares

काठमाडौं, २६ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन् । उनले सरकार अप्राकृतिक भएकाले चल्न नसक्ने बताए ।

शुक्रबार सिंहदरबारमा विपक्षी दलको बैठकपछि सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ । अप्राकृतिक भएकाले अब यो चल्दैन ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा पर्दै गएको विश्लेषण भइरहँदा प्रचण्डको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

प्रतिक्रिया