एक लाख दुई हजार शंकास्पद सवारीचालक लाइसेन्सको अध्ययन
काठमाडौं, २२ पौष । देशमा घरमै बसेर लाइसेन्स लिएकाहरु समस्यामा परेका छन् । लाइसेन्स नवीकरणका लागि जाँदा नक्कली भेटिएपछि नवीकरण भएको छैन । यस्ता एक लाख दुई हजार सवारीचालक लाइसेन्सको वास्तविकतामाथि अध्ययन भइरहेको छ ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका यातायात कार्यालयमार्फत लाइसेन्स सक्कली वा नक्कली हुन् भन्ने विषयमा अध्ययन गरिरहेको हो । ढड्डामा भएको रेकर्डलाई आधार मानेर अध्ययन सुरु गरिएको हो । लाइसेन्सको अध्ययन गरेपछि सक्कली भए सम्बन्धितलाई वितरण गरिने छ । पहिचानका व्रmममा लाइसेन्स नक्कली भएको देखिएमा नस्ट गरिने बुझिएको छ । ढड्डामा दाँजेर विवरणबारे निक्र्यौल गरिने उल्लेख छ ।
२०७२ देखि स्मार्ट लाइसेन्स लागु भएपछि छपाइको काम निरन्तर बाँकी रहँदै आएको छ । नक्कली लाइसेन्सको बिगबिगी नै भयो त्यसपछि ।
नक्कली लाइसेन्स जारी गर्ने सरकारी अधिकारीहरुमाथि कारबाही पनि भएको छ । त्यस्ता गिरोहको जञ्जाल नै तोड्न भने कठिन छ ।