२४ पुस २०८१, बुधबार | January 8, 2025

देशभर हिन्दूहरुलाई एकतावद्ध हुन पूर्वप्रधानन्यायाधीश पराजुलीको आव्हान


January 4, 2025
4.3k
Shares

विराटनगर, २० पौष । पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले हिन्दू धर्ममाथि आक्रमण भइरहेकाले एकतावद्ध भएर सामना गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आयोजित हिन्दू स्वयं सेवक संघको एक साता लामो प्राथमिक शिक्षा वर्गको समापन समारोहमा मुख्य अतिथिका रुपमा सम्बोधन गर्दै नेपालका हिन्दूहरुलाई एकतावद्ध हुन आव्हान गर्नुभयो ।

पराजुलीले हिन्दू धर्मले कसैमाथि हिंसा र आक्रमण नगर्ने सिकाएको तर आफ्नो रक्षाका लागि प्रतिकार गर्न भने सिकाएको स्पष्ट पार्नुभयो । उहाँले धर्मनीरपेक्ष बनाएर हिन्दूहरुविरुद्ध गतिविधि बढाएकोले गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेपाली समाज हिन्दू सभ्यतामा जगमा उभिएको उल्लेख गर्दै हिन्दूमाथिको गतिविधि सभ्यताविरुद्धको गतिविधि भएको बताउनुभयो ।

हिन्दू स्वयं सेवक संघका राष्ट्रिय संघचालक कल्याण तिमिल्सिनाले हिन्दूले आक्रमण नगर्ने तर आक्रमण गरेमा चुप लागेर नबस्ने बताउनुभयो । उहाँले सबै हिन्दूहरुलाई बेलैमा एकतावद्ध भएर आफ्नो धर्म र समाजको रक्षामा जुट्न आग्रह गर्नुभयो ।

हिन्दू स्वयंसेवक संघ कोशी सम्भागका संघचालक सियाराम रौनियारले हिन्दू समाजको दुरगामी हितका लागि व्यक्तित्व विकास गर्दै राष्ट्र निर्माणमा संघ जुटिरहेको बताउनुभयो ।

हिन्दू स्वयंसेवक संघका महेन्द्र साहले हिन्दू हुनुमा गौरव गर्दै हिन्दू समाजको हितमा सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया