३ आश्विन २०८१, बिहिबार | September 19, 2024

इतिहासमा पहिलोपटक देशभरका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक दिलाउने अनिल


0
Shares

काठमाडौं, ४ वैशाख । यसपटक शिक्षा क्षेत्रमा नयाँ किर्तिमान बनेको छ । नेपालको इतिहासमा पहिलोपटक विद्यालयका बालबालिकाले शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पाएका छन् । हुम्ला होस् या झापा, काठमाडौं होस् या धनगढी जताततै पाठ्यपुस्तक पुगेको छ यसपटक ।

जनक शिक्षा सामाग्री केन्द्रले समयमै पाठ्यपुस्तक छपाई पूरा गर्दा विद्यार्थीको हातहातमा पुस्तक पुगेको छ । यसका लागि केन्द्रका महाप्रबन्धक अनिल कुमार झा अहोरात्र खटिए । गरेमा के असम्भव रहेछ भन्ने देखाए ।

इञ्जिनियर झा काममा निकै खटिनेमा पर्छन् । उनी जहाँ नेतृत्व लिन पुग्छन् त्यहाँ कुशलतापूर्वक काम गरेर देखाउँछन् । जनक शिक्षामा उनले काम गरेरै देखाए ।

विगतका वर्षहरुमा शैक्षिक वर्ष आधा आधी हुँदा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन् । दुर्गम जिल्लाको पीडा त छँदै थियो । काठमाडौं उपत्यकामा पनि पाठ्यपुस्तकबाट वञ्चित भए विद्यार्थी । यसपटक भने सबैको हातहातमा पुस्तक पुगिसकेको छ ।

इञ्जिनियर झासँग जनक शिक्षामा काम गरेको पुरानो अनुभव छ । उनले विगतमा काम गर्दा पनि जनक शिक्षालाई नाफामा लगेर किर्तिमान बनाएका थिए । नयाँ र अत्याधुनिक मेशिन जडान गरेका थिए । यसपटक झाले पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुर्याउन रातदिन खटिए ।

महाप्रबन्धक झा आफै खटिए प्रेसमा । उनी कतिपय राति त जाग्राम नै बसे प्रेसमा । काम गरे असम्भव रहेनछ भन्ने देखाएका छन् उनले ।

झाले उदयपुर सिमेन्ट कारखानामा पनि महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन् । उनले उक्त कारखानालाई निकै सुधारेर कुशलता देखाइसकेका छन् ।

समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउने गरी कार्य गरेवापत् उनी यतिबेला चर्चामा छन् । झाको कामबाट प्रधानमन्त्री प्रचण्ड पनि खुशी भएको बुझिएको छ ।

कुनैपनि काम देखाउन नसकेका प्रचण्डका लागि अहिले विद्यार्थीको हातहातमा पुस्तक पुगेको देखाउने र सुनाउने विषय बन्न पुगेको छ । यसैले झालाई भविष्यमा महत्वपूर्ण जिम्मेवारी दिने चर्चा चलेको छ ।

प्रतिक्रिया