२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मेस्सीले उचाले विश्वकप


December 19, 2022
0
Shares

एजेन्सी, ३ पौष । खेलजीवनको अन्ततिर लियोनल मेस्सीले अर्जेन्टिनालाई विश्वकप दिलाएका हुन् । कतारमा भएको विश्वकप फाइनलमा मेस्सीबाट प्रेरित अर्जेन्टिनाले विश्वकप जितेको हो । फाइनलको रोचक भिडन्तमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जित्दा धेरैले म्याराडोनालाई सम्झिए ।

लियोनल मेस्सीबाट प्रेरित अर्जेन्टिनाले पेनाल्टीमार्फत् अग्रता लिएको थियो । पहिलो हाफमा दुई गोलले अघि रहेपनि दोस्रो हाफमा फ्रान्सले लगातार दुई गोल गर्दै बराबरी गर्यो ।

खेलको अतिरिक्त समयमा अर्जेन्टिनाले मेस्सीको गोलबाट अग्रता लिएपनि पेनाल्टीमार्फत् अम्बाबेले गोल गरी विश्वकप फाइनलमा ह्याट्रिक गरी टोलीलाई बराबरीमा राखेका थिए ।

पेनाल्टीमा फ्रान्सका खेलाडीको एक गोल अर्जेन्टिनाका खेलाडीले बचाए । अर्को एक प्रहार बाहिर गयो । अर्जेन्टिनाका चार खेलाडीले गोल गरी सुटआउट ४-२ रह्यो ।

अर्जेन्टिनाले योसहित तीनपटक विश्वकप जितेको छ । फ्रान्सले दुईपटक जितेको छ ।

प्रतिक्रिया