२२ पुस २०८१, सोमबार | January 6, 2025

सैनिक शासन लगाउन खोज्दा फसे दक्षिण कोरियाका राष्ट्रपति इयुल


December 14, 2024
664
Shares

एजेन्सी, २९ मंसिर । सैनिक शासन चलाउन खोज्दा दक्षिण कोरियाका राष्ट्रपति युन सुक इयुल फसेका छन् । उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव पारित भएको छ ।

संसदमा महाभियोग प्रस्ताव पारित हुन २०० मत आवश्यक भएकोमा २०४ मत पक्षमा गयो । ३०० सदस्यीय संसदमा गोप्य मतदान हुँदा ३ अनुपस्थित रहे, ८ मत बदर भयो । ८५ मत प्रस्तावको विपक्षमा गयो । महाभियोग प्रस्ताव पारित भएपछि इयुल स्वतः निलम्बनमा परेका छन् ।

प्रतिक्रिया