किन भारत गए सेनापति सिग्देल
काठमाडौं, २५ मंसिर । प्रधानसेनापति अशोकराज सिग्देल भारत भ्रमणका लागि दिल्ली पुगेका छन् । उनी भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणमा भारत पुगेका हुन् ।
सेनापति सिग्देलले भारतमा त्यहाँका राष्ट्रपति द्रोपदी र्मुमुरबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जा लिनेछन् । नेपाल र भारतका सेनापतिलाई एक अर्का देशको सेनापतिको मानार्थ महारथीको दर्जा दिने प्रचलन छ ।
सिग्देल प्रधानसेनापति नियुक्त भएपछि पहिलो विदेश भ्रमणमा गएका हुन् । उनको पहिलो विदेश भ्रमण भारत भएको छ ।