तीनपटक नागरिता लिएर किर्ते गर्ने पूर्वगृहसचिव सिलवाल
काठमाडौं, २५ मंसिर । देशमा यतिबेला नागरिकता किर्ते प्रकरण एकपछि अर्को बाहिर आइरहेको छ । लाभको पदमा पुग्न यस्ता प्रकरण बाहिर आइरहेको छ । यीनैमध्येका हुने पूर्वगृहसचिव सूर्यप्रसाद सिलवाल ।
पहिलोपटक २०३२ फागुन २४ गते पहिलोपटक नागरिकता लिंदा १६ वर्ष उल्लेख गरेका छन् । त्रिभुवन विश्वविद्यालयको स्नातक तहको ट्रान्सक्रिप्टमा २०१५ साल साउन १५ उल्लेख गरिएको छ । २०४३ मा शाखा अधिकृतमा नियुक्ति लिंदा यही ट्रान्सक्रिप्टको प्रयोग गरे सिलवालले । उनी १५ साउन २०७३ मा ५८ वर्षे उमेरहदले सचिवबाट सेवानिवृत्त भए ।
सिलवालले पदमै रहँदा राहदानी लिंदा जन्म मिति २०१८ साल कात्तिक २४ गते उल्लेख गरेका छन् । २०७७ माघ १० मा बीमा प्राधिकरणको अध्यक्ष बने सिलवाल । त्यतिबेला उनको जन्म मिति २०१६ कात्तिक २२ गते उल्लेख थियो । यसका लागि २०६६ साल वैशाख १७ गते लिएको नागरिकताको प्रतिलिपि प्रयोग गरेका थिए । नागरिकतामा एकाथरी र राहदानीमा अर्काथरी उमेर राखिएको पाइएको छ । यसरी उनको तीनवटा नागरिकता लिएको देखिन्छ तीनथरी जन्ममिति उल्लेख भएको हेर्दा ।
२०८० साल साउनमै ६५ वर्षीय उमेरहदले बीमा प्राधिकरणको अध्यक्षबाट हट्नुपर्नेमा सिलवालले चार वर्षीय कार्यकाल देखाएर चार महिना थप समय पदमा रहन खोजे । जसका कारण उनीविरुद्ध किर्ते प्रकरणमा अख्तियारले मुद्या दायर गरेको छ । उनले साउन १५ मै पदबाट हट्नुपर्नेमा थप समय बसेर ३६ लाख ६२ हजार रुपैयाँको अतिरिक्त सेवा सुविधा लिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।
सिलवालको कार्यकालमा हिमालयन पुर्नबिमा कम्पनीले लाइसेन्स पायो । नेपालको इतिहासमा बीमा क्षेत्रमा यो कम्पनीलाई लाइसेन्स दिलाउन ठूलै चलखेल भयो । यसमा संगठिन रुपमा उद्दोगीव्यवसायीहरु मिलेर लाइसेन्स दिलाए । सिलवालमाथि नागरिकता अपचलनमा अनुसन्धान भने भएन ।