२ माघ २०८१, बुधबार | January 15, 2025

ओलीसँगै भ्यु टावर देखि सभाहलको परीक्षा


December 7, 2024
664
Shares

काठमाडौं, २२ मंसिर । देशमा यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनको पालामा देशमा यस्ता संरचनामा अरबौं बजेट पारिएका थिए जसको सर्वत्र आलोचना नै भयो । त्यसमध्ये एक हो झापाको दमकस्थित भ्यु टावर ।

ओलीले आइतबार उक्त भ्यु टावरको उदघाटन गर्दैछन् । २ अर्ब खर्च गरेर बनाइएको १८ तल्ले टावर ओलीले पाँच वर्ष अघि प्रधानमन्त्री हुँदा शिलान्यास गरेका थिए । मुलुक कोराना कालमा हुँदा अरबौं रकम भ्यु टावर बनाउन हालियो । चिनियाँ कम्पनी जेडसीजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रुपमा निर्माण गरे ।

भ्यु टावर निर्माण पूरा भएको एकवर्षपछि सञ्चालनमा आउन लागेको हो । यसका लागि सहरी विकास मन्त्रालयले सहसचिवलाई जिम्मेवारी दिने व्यवस्था गरेको छ ।

दमक बजारबाट ६ किलोमिटर पश्चिममा रहेको भ्यु टावरमा सपिङ मल, जिम हल, अस्पताल, ब्युटी पार्लर राख्ने योजना भएपनि सञ्चालनमा आउने सम्भावना देखिदैन । यसकारण भ्यु टावर घाटामा जाने देखिदैछ ।

ओलीकै पालामा बनाइएको गोदावरीको सनराइज सभा हल पनि सेतो हात्ति सावित भएको छ । यसको खासै उपयोग हुन सकेको छैन । काठमाडौंबाट १५ किलोमिटर टाढा हुनुले पनि खासै प्रयोगमा आएको छैन । यो खर्चिलो बनेको छ । गोदावरीमा रहेको मैदानमा खेल मैदान बनाउँदै गर्दा त्यसलाई रद्द गरी सनराइज सभा हल बनाइएको थियो ।

ओलीकै पालामा निर्माण सुरु गरिएको धरहरा पनि पुरातात्विक सामाग्री प्रयोग नगरी आधुनिक सामाग्री प्रयोग गरी बनाइएको छ । यसकारण पनि यसको महत्व घटेको छ । यसलाई बालेन साहले त ओलीटावर समेत भने ।

ओलीले टावर, सभाहल र धरहरामा जसरी रकम विनियोजन गर्न लगाए त्यसको प्रतिफल के होला परीक्षण हुँदैछ । ओलीसँगै उनको पालामा बनेका भौतिक पूर्वाधारको पनि परीक्षाको घडी आएको छ ।

प्रतिक्रिया