इतिहासकार पुरुषोत्तम शमशेरको ९९ वर्षमा निधन
काठमाडौं, २० मंसिर । इतिहासकार पुरुषोत्तम शमशेर जबराको निधन भएको छ । उनको उपचारका क्रममा ९९ वर्षमा ललिपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
सन् १९८२ मा राणा परिवारमा जन्मिएका जबराको इतिहासका चर्चित पुस्तकहरु प्रकाशित छन् । उनको श्री ३ हरुको तथ्य वृत्तान्त, जङ्गबहादुर र राणाकालीन दर्पण पुस्तक चर्चित छन् ।
रुद्र शमशेरका नाति र इश्वर शमशेरका छोरा पुरुषोत्तम शमशेरले पाल्पा दरबारमा लेखपढ सुरु गरेका थिए । उनले बनारस हिन्दु विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए ।