सत्यमोहन जोशीकी पत्नीको निधन
काठमाडौं, २ वैशाख । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नि राधादेवी जोशीको आज बिहान निधन भएको छ ।
जोशीको सय वर्षको उमेरमा उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्वासप्रस्वासमा समस्या आएपछि राधादेवीलाई केही दिन अघि अस्पताल भर्ना गरिएको थियो । शताब्दी पुरुष जोशीको गत असोज ३० गते निधन भएको थियो ।