११ मंसिर २०८१, मंगलबार | November 26, 2024

कृष्णदासको पक्राउपछि बँगलादेशमा हिन्दूको सम्पत्ति लुटपाट र आगजनी


November 26, 2024
1.9k
Shares

एजेन्सी, ११ मंसिर । यतिबेला बँगलादेशमा सरकार चलाइरहेका छन् नोबल शान्ति पुरस्कार विजेता मोहम्मन युनुस । शेख हसिना नेतृत्वको सत्ता पल्टाउने गरी हिंसात्मक गतिविधिपछि उनी अन्तरिम सरकारका प्रमुख बनेका हुन् । विद्यार्थी आन्दोलन भनिएको उक्त गतिविधिमा हिन्दूहरु तारोमा परे । उनीहरुमाथि दमन भयो ।

हिन्दूमाथि व्यापक दमनपछि सडकमै निस्कन वाध्य भए । तर, युनुस नेतृत्वको अन्तरिम सरकारले हिन्दूमाथि दमन बढाएको छ । त्यहाँका हिन्दू नेता चिनमोय कृष्णदास ब्रम्हचारी पक्राउ परेका छन् । यो घटनापछि हिन्दू अल्पसंख्यकमाथि अतिवादी मुसलमानहरुले आक्रमण बढाएका छन् ।

कृष्णदासको पक्राउलाई लिएर भारतले गम्भीर चासो देखाएको छ । भारतको विदेश मन्त्रालयले हिन्दूमाथिको चौतर्फी आक्रमणको निन्दा गरेको छ । हिन्दूको सम्पत्ति लुटिएको, घर र सम्पत्तिमा आगजनी गरिएको विषयलाई गम्भीर भनेको छ । मन्दिरहरुमाथि आक्रमण भएको छ । यस्ता घटनाको विरोधमा उत्रिएका कृष्णदासको पक्राउले त्यहाँ हिन्दूहरुको असुरक्षा बढेको छ ।

प्रतिक्रिया