९ मंसिर २०८१, आइतबार | November 25, 2024

भारतीय सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले नेपाल भ्रमणमा के के गरे


November 24, 2024
415
Shares

काठमाडौं, २४ मंसिर । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने नेपाल भ्रमण पूरा गरी फर्किएका छन् । उनलाई नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले बिधाई गरे ।

नेपाल भ्रमणमा जनरल द्विवेदीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा राष्ट्रपति रामचन्द्र पौडेलबाट लिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति अशोकराज सिग्देलसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरे ।

उनले पोखरा र मुस्ताङको पनि भ्रमण गरे । पशुपतिनाथ र मुक्तिनाथको दर्शन गरे ।

प्रतिक्रिया