८ मंसिर २०८१, शनिबार | November 24, 2024

भारतमा मोदीको लोकप्रीयता बढ्यो, महाराष्ट्रमा भाजपासहितको गठबन्धनलाई सानदार बहुमत


November 23, 2024
498
Shares

एजेन्सी, ८ मंसिर । भारतको महाराष्ट्र र झारखण्डको विधानसभा चुनावमा भारतीय जनता पार्टी र उसको गठबन्धनलाई स्पष्ट बहुमत प्राप्त भएको छ । चुनावी नतिजा अनुसार भाजपासहितको गठबन्धनले २८८ सदस्यीय लोकभासमा २२७ सिट जितेको छ ।

भारतको औद्योगिक शहर मुम्बई र अर्को महत्वपूर्ण शहर पुणे रहेको महाराष्ट्रको चुनाव निकै महत्वपूर्ण मानिएको थियो । त्यहाँ कँग्रेस आईसहितको गठबन्धनले मात्र ४९ सिट जितेको छ । अन्यले १२ सिट जितेका छन् ।

महायुक्ति नाम दिइएको गठबन्धनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले १३३ सिट, एकनाथ सिन्धे नेतृत्वको शिव सेनाले ५७, अजित पावर नेतृत्वको नेस्नल कँग्रेस पार्टीले ४२ जन सुर्य शक्तिले २ सिट जितेका छन् ।

विपक्षी महाविकास अगाडिले ४८ सिट जितेकोमा कँगेस आईको मात्र १५ सिट छ । उद्धव ठाकरे नेतृत्वको शिव सेनाको २० सिट छ । शरद पावर नेतृत्वको नेस्नल कँग्रेस पार्टीले ९ सिट मात्र जितेको छ । यो पावरको राजनीतिक जीवनकै ठूलो हार हो ।

बाल ठाकरेको उत्तराधिकारीका रुपमा एकनाथ सिन्धेले आफूलाई प्रमाणित गरेको विश्लेषण भइरहेको छ । उनी महाराष्ट्रका मुख्यमन्त्री पनि हुन् । शरद पावरका भतिजा अजित पावरले आफ्नो विद्रोहलाई सिद्ध गरेका छन् । उनले महत्वपूर्ण सफलता हासिल गरेका छन् ।

यसैगरी, भारतको झारखण्डको विधानसभा चुनावमा कँग्रेस आईसहितको गठबन्धनले ८१ सिटमा ५६ सिट जितेको छ । भाजपासहितको गठबन्धनले २४ र अन्यले एक सिट जितेका छन् । जेएमएमले ३४, भाजपाले २१ र कँग्रेस आईले १६ सिट जितेका छन् । अन्यले १० सिट जितेका छन् ।

महाराष्ट्रको जीतलाई नरेन्द्र मोदीको प्रभाव बलियो भएको घटनाका रुपमा विश्लेषण गरिएको छ । लोकसभा चुनावको केही महिनाको अन्तरालमा भएका विधानसभा चुनावमा भाजपासहितको गठबन्धनले हरियाणा र महाराष्ट्रको चुनावमा सफलता हासिल गरेको छ । अब उसको ध्यान दिल्लीमा हुने विधानसभा चुनावतर्फ गएको छ ।

प्रतिक्रिया