६ मंसिर २०८१, बिहिबार | November 22, 2024

कालो धनले उस्केका राजेन्द्र बजगाईँ


November 13, 2024
91.6k
Shares

काठमाडौं, २९ कात्तिक । एकपटक एउटा कार्यक्रममा बजगाईँको पखेटा जस्तै माथि निस्कने कार देखेर भेट्रान नेता आनन्दप्रसाद ढुंगाना हेरेको हेरै भए । नजिकैका अर्काले ढुंगानालाई भने तपाईंको दलमा पखेटा कार चढ्ने नै हावी भए । ढुंगाना रातोपीरो भएर चुपचाप रहे ।

विदेशमा कालो धन राख्ने ५५ नेपालीको सूचीमा परेका राजेन्द्र बजगाईँ जस्ता पात्र काँग्रेसको टेको बन्न थालेका छन् अहिले । नेपाल लिक्स २०१९ः इलिगत वेल्थ वाच नाममा ५ वर्षअघि एउटा रिपोर्ट सार्वजनिक भएको थियो । जसमा कालो धनको स्वर्ग मानिएका देशहरुमा कम्पनी खोलेर चलखेल गर्ने नेपालीको नाम थियो । त्यसमा राजेन्द्र बजगाईँ पनि थिए ।

काँग्रेसमा लामो संघर्ष गरेका ढुंगाना त जेनतेन टिकेका छन् । विपक्षीसँग जुधेका छन् । तर, धेरै टिक्न नसकेर निष्कृय भइसकेका छन् । काँग्रेसमा राजेन्द्र बजगाईँ जस्ता विवादास्पद पात्र भित्रिएका छन् जो पैसाको बलमा जे पनि गर्न सकिन्छ भन्ने मान्यता राख्छन् । टिकट खरिद गर्छन् र काँग्रेसकै बदनाम गर्छन् ।

राजेन्द्र बजगाईँले आफ्नै पार्टी नेपाली काँग्रेसबाट पर्यटनमन्त्री बनेका बद्री पाण्डेलाई घूस खाएको आरोप लगाएर तरंग ल्याइदिएका छन् । वास्तवमा बजगाईँ यस्तै विवादास्पद गतिविधि गरेर सांसद सम्म बनेका हुन् । उनी क्यासिनोको चलखेल, ट्याक्स हेभन देशमा रकम लुकाउने देखि कालो धनको चलखेल गर्ने गतिविधिले बदनाम पात्र हुन् । आफ्नो आपराधिक गतिविधिलाई राजनीतिक संरक्षणका लागि काँग्रेसमा जोडिएका हुन् ।

क्यासिनाको कामदार हुँदै त्यहाँको चलखेलबाट उनले पैसा आर्जन गरे । आफै होटल समेत खोलेका छन् । भैरहवामा अर्को क्यासिनो चलाउने समूहमा छन् । बजगाईँमाथि विदेशबाट कालो धन ल्याएको आरोप पनि छ । उनी त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

राजेन्द्र बजगाईँले मोटो रकम आरजु देउवालाई बुझाएर गोरखा १ बाट टिकट किनेको विषयले काँग्रेसवृत्तमा ठूलै हंगामा मच्चाएको थियो । उनीभन्दा निकै संघर्ष गरेका काँग्रेस नेता कार्यकर्ताले गोरखामा टिकट पाएनन् । तर, बजगाईँले टिकटमा बाजी मारेका थिए ।

प्रतिक्रिया