७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

ओलीको घुमाईमा रवि


November 12, 2024
913
Shares

काठमाडौं, २७ कात्तिक । यतिबेला पूर्वउपप्रधानमन्त्री रवि लामिछाने प्रहरी हिरासतमा छन् । सहकारी ठगी र संगठित अपराधमा उनीविरुद्ध अनुसन्धान चलिरहेको छ । यो अनुसन्धान यति लामो समय चलिरहेको छ कि उनी एक महिनाभन्दा बढी समय भइसक्यो हिरासतमा रहेको छ ।

रविविरुद्ध अब मुद्दा दायर गरिसक्नुपर्ने म्याद नजिकिएको छ । तर, अझै हिरासतमा राख्ने योजना अनुसार अर्को जिल्लातिर लगिदैछ । रुपन्देहीमा रविलाई लगेर अर्को अनुसन्धान थालिदैछ ।

रविलाई फनफनी घुमाएको घुमायै गर्ने योजनामा केपी शर्मा ओली नेतृत्वको सरकार लागेको छ । उनलाई किन ओलीको आदेशमा फनफनी घुमाइदैछ ? यसबारे विश्लेषण हुनथालेको छ ।

कुनैपनि रवि ओलीकै भनेबमोजिम चल्थे । ओलीको अन्तवार्ता लिएर उनी टेलिभिजन कार्यक्रममा चर्चामा पनि आएका थिए । रास्वपा गठन भई चौंथो दल बनेपछि ओलीकै साथ पाएर उपप्रधान तथा गृहमन्त्री बने । तर, जब ओली प्रधानमन्त्री बने उनी प्रचण्डसँग मिल्न पुगे । त्यसपछि ओलीले रविलाई दुःख दिन थाले ।

प्रतिक्रिया