२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

खिलराज रेग्मी राष्ट्रपति बन्न सक्लान्


December 16, 2022
0
Shares

काठमाडौं, १ पौष । नेपालको इतिहासमा प्रधानन्यायाधीश र प्रधानमन्त्री सरहको मन्त्रिपरिषद्को अध्यक्ष बन्ने एकमात्र व्यक्ति हुन् खिलराज रेग्मी । उनै रेग्मी अहिले राष्ट्रपतिको दौडमा छन् ।

खिलराजलाई राष्ट्रपति बन्ने हुटहुटी चलि नै रहेको छ । उनी न भूतो न भविष्यतीको शैलीमा राष्ट्रपति बनेर सबै मुख्य पदमा रहेको इतिहास बनाउन चाहन्छन् ।

रेग्मीको राष्ट्रपति बन्नका लागि रणनीतिक दौडधूप चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमै महत्वपूर्ण भेट गरिसकेका छन् ।

राष्ट्रपतिमा गठबन्धनभित्र विवाद चल्ने देखिएको छ । दलहरुबीच यो पदमा विवाद हुँदा स्वतन्त्र व्यक्तिको खोजी भएमा खिलराजले बाजी मार्न सक्छन् । यसैले पनि उनको सक्रियता बढेको देखिन्छ ।

अवसरको फाइदा लिन सक्ने खूबी खिलराजमा छ । विगतमा दलहरुबीच प्रधानमन्त्रीमा विवाद बढेपछि चुनाव गर्ने बेलामा प्रधानन्यायाधीशलाई नै चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाउने सहमति बन्यो । त्यतिबेला प्रधानन्यायाधीश रहेका खिलराजले बाजी मारे । यसपटक पनि उनी यही इतिहासलाई दोहोराउन सक्रिय भएका छन् ।

कम बोल्ने र रणनीतिक चार्तुयताका साथ बढ्न सक्ने खूबी खिलराजमा छ । यसकारण उनी पदमा रहँदा शक्तिको भरपूर अभ्यास गर्न सक्छन् । जसका कारण राष्ट्रपति बन्ने सम्भावना पनि छ ।

प्रतिक्रिया