३ आश्विन २०८१, बिहिबार | September 19, 2024

वरिष्ठ उपाध्यक्षमा अन्जन र उमेशलालबीच चुनाव


0
Shares

काठमाडौं, ३० चैत्र । कुनै उम्मेदवार पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत नल्याएपछि पुनः दोस्रो चरणको मतदान हुने भएको हो ।

वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ चुनावी मैदानमा थिए । पहिलो चरणको मतदानमा अन्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्रले ३०.५६ मत पाए। कडा प्रतिष्पर्धा भएकोमा संघई कम मत प्राप्त गर्दा रिङबाट आउट भए । अब अन्जन र उमेशबीच चुनाव हुने भएको छ ।

महासंघको विधानअनुसार निर्वाचित हुन ५० प्रतिशत मत आवश्यक पर्छ । उम्मेदवारहरुले कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि पहिलो र दोस्रो हुनेबीच पुनःप्रतिस्पर्धा हुने व्यवस्था छ । सो व्यवस्थाअनुुसार फेरी मतदान हुने भएको हो ।

प्रतिक्रिया