२९ पुस २०८१, सोमबार | January 13, 2025

ट्रम्पको जीतले सुन र तेलको मूल्यमा गिरावट, धेरै देशमा पुरानो सरकार ढल्दै


November 7, 2024
3.4k
Shares

काठमाडौं, २२ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको जीतले विश्व राजनीतिलाई तरंगित परेको छ । ट्रम्पको जीतसँगै यूरोपेली देश, क्यानडालगायत देशको राजनीतिमा समेत असर देखिन थालेको छ ।

जर्मनीमा चान्सलर ओलफको सरकार अल्पमतमा परेको छ । संसदमा अल्पमतमा परेसँगै उनले विश्वासको मत लिने भएका छन् । उनले अर्थमन्त्रीबाट क्रिस्टियन लिन्डरलाई बर्खास्त गरेपछि नयाँ अस्थिरता देखिएको हो । ट्रम्पको जीतसँगै जर्मनीमा नयाँ घटना विकास भएको हो । जर्मनीको अहिलेको सरकारले वाइडेन सरकारले लिएको नीतिमा साथ दिदै आएको थियो ।

क्यानडामा प्रधानमन्त्री जस्टिन टरडेउको सरकार पनि समस्यामा पर्दै गएको छ । ट्रम्पले त टरडेउलाई दुई अनुहार र वामपन्थी पागल समेत भनेका थिए । यसकारण पनि उनले टरडेउलाई समस्यामा पार्ने विश्लेषण भइसकेको छ । यसै पनि टरडेउलाई उनकै दल र विपक्षीले पछिल्लो समय चुनौती दिइरहेका छन् ।

ट्रम्पले युक्रेन युद्ध रोक्ने भनिसकेका थिए विगतमा । यसकारण पनि उनको जितले विश्व अर्थतन्त्रमा असर परिरहेको छ ।

ट्रम्पको जीतसँगै सुनको मूल्य विश्वबजारमा ह्वात्तै घट्यो । नेपालमा त एकेदिन चार हजार रुपैयाँ प्रतितोलाका दरले घटेको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । तेलको मूल्य प्रतिब्यारल ७० डलरभन्दा मुनीमा आएको छ । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया