३ आश्विन २०८१, बिहिबार | September 19, 2024

विवाद आएपछि महासंघको मतगणना स्थगित


0
Shares

काठमाडौं, ३० चैत्र । मतपत्रमा विवाद बढेपछि उद्योग वाणिज्य महासंघको जारी मतगणना रोकिएको छ । मतपत्र सदर वा बदर गर्ने विषयमा विवाद बढ्दै गएपछि गणना स्थगित भएको हो ।

हालसम्म १२ सय मत गणना हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले ४५२ मत प्राप्त गरेका छन् भने अन्जन श्रेष्ठले ४१७ मत ल्याएका छन् । त्यस्तै, उमेशलाल श्रेष्ठले ३१७ मत प्राप्त गरेका छन् । बुधबार नयाँ कार्यसमितिको लागि मतदान भएको थियो ।

प्रतिक्रिया