८ मंसिर २०८१, शनिबार | November 23, 2024

आज दिनभर बालगोपालेश्वर खुल्ने,भाइटिका लगाउन सुरु


November 3, 2024
581
Shares

काठमाडौं,१८ कात्तिक । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेको जनाइएको छ ।

वर्षमा एक दिन खुल्ने मन्दिरमा आज बिहानै देखि भाइटिका लगाउन सुरु गरिएको छ ।

प्रतिक्रिया