१० कार्तिक २०८१, शनिबार | October 27, 2024

ओली सरकार चाँडै ढल्ने प्रचण्डको ठोकुवा


October 26, 2024
664
Shares

काठमाडौं, १० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार चाँडै ढल्ने ठोकुवा गरेका छन् । शनिबार राजधानीमा आयोजित खबरदारी सभामा बोल्दै उनले आफूहरुले सरकार ढाल्ने षड्यन्त्र गरेको आरोपको खण्डन गर्दै आफै कुहिएर ढल्ने ठोकुवा गरेका हुन् ।

ओली सरकार दलालहरुको घरमा रातको १० बजे बनेको टिप्पणी गर्दै सय दिनमा उसका क्रियाकलाप दलालहरुको हितमा भएको आरोप लगाए । प्रचण्डले भ्रष्टाचार गरेको भए आफूलाई गिरफ्तार गरेर देखाउन चुनौती दिए ।

ओलीप्रति आक्रामक बनेका प्रचण्डले रवि लामिछानेलाई विगतमा ओलीले बचाऊ गरेको र अहिले प्रतिपक्षमा बसेपछि आक्रमण गरेको बताए ।

प्रतिक्रिया