८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

भारतको सहयोगमा निर्मित आबुखैरेनी क्याम्पसको उद्घाटन


October 24, 2024
249
Shares

काठमाडौं, ८ कात्तिक । भारतको सहयोगमा निर्मित आँबुखैरेनी क्याम्पस भवनको उद्घाटन भएको छ । नेपाल–भारत विकास सहकार्य अन्तर्गत ३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको तनहुँको आँबूखैरेनी गाउँपालिकास्थित उक्त क्याम्पस भवनको भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तीरमण वाग्ले र तनहुँको आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापकरप्राध्यापिका, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

आँबूखैरेनी क्याम्पसलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले क्याम्पस भवनको निर्माणमा उपयोग गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख, आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र क्याम्पस व्यवस्थापन समितिका अध्यक्षले आ–आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।

आँबूखैरेनी क्याम्पस सन् २००५ मा स्थापना भएको हो । यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो । क्याम्पसले स्नातक तहमा ब्याचलर अफ बिजनेस स्टडीज (बिबिएस) र ब्याचलर अफ एजुकेशन (बिएड) विषयहरु अध्यापन गराउँदै आएको छ । क्याम्पसमा करिब ३०० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया