७ कार्तिक २०८१, बुधबार | October 24, 2024

पाँच वर्षपछि मोदी-सी भेट


October 23, 2024
1.5k
Shares

एजेन्सी, ७ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन रुसको काजान पुगेका दुई नेताबीच बुधबार साइडलाइन भेटवार्ता भएको हो । मोदी र सीबीच पाँचवर्षपछि भएको औपचारिक भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

भेटमा मोदीले भारत र चीनबीचको सम्बन्ध दुई देश र जनताका लागि मात्र नभई विश्वको शान्ति र स्थायित्वका लागि पनि महत्वपूर्ण भएको बताएका छन् । उनले ट्वीट गर्दै आपसी विश्वास, सम्मान र संवेदनशीलतालाई ध्यानमा राखेर दुई देशबीचको सम्बन्ध प्रगाढ बन्ने बताएका छन् ।

चीनका राष्ट्रपति सीले मोदीसँगको भेटलाई निकै महत्व दिदै सँसारले आफूहरुबीचको भेटलाई चासोका साथ हेरिरहेको बताएका थिए । भारत र चीन दुवै पौराणिक सभ्यता भएको उल्लेख गर्दै दुवै देश आधुनिकताको महत्वपूर्ण क्षणमा रहेको उल्लेख गरे । उनले आपसी समन्वयमा जोड दिदै एक अर्काको असमझदारीलाई सही ढंगले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया