६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

ओली सरकारविरुद्ध माओवादी आक्रामक


October 22, 2024
332
Shares

काठमाडौं, ६ कात्तिक । नेकपा माओवादी केन्द्र केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध आक्रामक बन्दै गएको छ । माओवादीले ओली सरकारविस्द्ध सडक संघर्ष गर्ने तयारी गरेको छ ।

माओवादीले १० कात्तिकमा ओली सरकारविरुद्ध प्रदर्शनीमार्गमा शक्ति प्रदर्शन गर्ने भएको छ । त्यसका लागि प्रचण्डले माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बागमती र उपत्यकाका जिल्लाका इञ्चार्जहरुलाई डाकेर निर्देशन दिएका छन् ।

प्रचण्डले मंगलबार निर्देशन दिने क्रममा ओली सरकार विपक्षीलाई छानी छानी कारबाही गर्ने रणनीतिमा लागेको आरोप लगाए । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन खोजेको देखि इन्दिरा रानालाई उपसभामुखबाट हटाउन खोजेको आरोप समेत लगाए ।

प्रचण्डले घुमाउरो तरिकाले रवि लामिछानेमाथिको कारबाहीलाई प्रतिशोधपूर्ण भने । उनले विपक्षीलाई एकजुट हुन आग्रह समेत गरे ।

प्रतिक्रिया