३ कार्तिक २०८१, शनिबार | October 19, 2024

पशुपति गौशाला धर्मशाला प्रकरणमा बालेन र मिलनलाई धक्का


October 19, 2024
664
Shares

काठमाडौं, ३ कात्तिक । पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिबाट खोस्ने खोज्ने खेलाडीहरुलाई अदालतको आदेशले धक्का लागेको छ । धर्मशाला खाली गर्ने काठमाडौं महानगरपालिकाको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार आदेश जारी भएपछि धर्मशाला मारवाडी सेवा समितिबाट खोस्ने पशुपति विकास कोषका सदस्य सचिव मिलन थापा र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई धक्का लागेको छ ।

कोषले काठमाडौं महानगरपालिकालाई धर्मशाला सञ्चालनका लागि पत्राचार गरेको थियो । त्यसपछि महानगरपालिका धर्मशाला खाली गराउन बलसहित पुगेको थियो ।

८२ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको आग्रहमा मारवाडीहरुले धर्मशाला निर्माण गरी सञ्चालन गरेका थिए । त्यसपछि उक्त धर्मशालाको आम्दानी सामाजिक कार्यमा खर्च गर्दै आएका थिए । धर्मशालाको भाडा र सञ्चालनमा विवाद चलेपछि समस्या देखिएको थियो । यो खेलमा मिलन थापा योजनावद्ध तरिकाले लागे । उनी पछिल्लो समय बालेनको साथ लिन पुगे ।

 

प्रतिक्रिया