२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

रवि लामिछाने पक्राउ पर्दै


October 18, 2024
415
Shares

काठमाडौं, २ कात्तिक । सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउको प्रक्रिया पूरा भएको छ । कास्की जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ पूर्जी जारी भएपछि रवि पक्राउ पर्ने भएका हुन् ।

सुर्य दर्शन सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ पर्ने भएपछि चर्चा र चासो भएको छ । रवि पक्राउ पर्नुअघि विपक्षी दलको बैठक बसेको थियो । त्यसपछि रवि सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक बसेको छ ।

जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्दबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई समेत पक्राउ गर्न अनुमती दिएको छ ।

लामिछानेलाई पक्राउ गरे प्रतिकार गर्ने चेतावनी प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, नेकपा एसलगायत विपक्षी दलले बैठक बसेर दिएका थिए ।

यता रवि पक्राउ अघि रास्वपा र नेकपा एस जस्ता दल फुटाउन सहज हुनेगरी ओली सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा चलेको छ ।

प्रतिक्रिया