३० आश्विन २०८१, बुधबार | October 16, 2024

राजमार्ग खुलाउन भारतले अनुदानमा दियो १० स्टिलको पुल


October 10, 2024
415
Shares

काठमाडौं, २४ असोज । देशका मुख्य राजमार्गका पुल बगाएपछि सवारी आवागमनमा असर परेको छ । नेपाली सेनाले जसोतसो राजमार्ग खुलाएपनि खोला र नदी पार गर्दा सवारी जोखिममा परेका छन् ।

स्टिलको पुल हालेर भएपनि नदीमा सवारी आवागमन सुचारु गर्ने प्रयासमा भारतले सहयोग गरेको छ । भारतले नेपाल सरकारको अनुरोधमा ३८ करोडभन्दा बढी मूल्यको १० वटा स्टिलको पुल अनुदानमा दिएको छ ।

बुधबार भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो । यी पुलहरुले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

पुलका सामानहरु वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गरेका हुन् ।

प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेपहरु आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने जनाइएको छ। देशमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामाग्री, औषधी, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको २५ टनभन्दा बढीको राहत सामाग्री उपलब्ध गराई मानवीय सहयोग गरेको छ ।

प्रतिक्रिया