६ पुस २०८१, शनिबार | December 21, 2024

दक्षिण एशियामा चीनको ‘ऋणको पासो’


October 4, 2024
2k
Shares

विपिन देवः नवउदारवाद र भूमंडलीकरण चिनियाँ अर्थतन्त्रको लागि कोशेढुङ्गा सिद्ध भएको थियो । ४ दशक सम्म दुई अंकको आर्थिक वृद्धि दरले गर्दा चीन विश्वको दोश्रो आर्थिक महाशक्तिको रुपमा स्थापित भइसकेको छ । चिनियाँ विकासदर पश्चिमा पुँजी र प्रविधिले मात्र सम्भव भएको देखिन्छ । हुनत चीनको आर्थीक विकासमा चिनियाँ मजदुरहरुको भूमिकालाई अबमुल्यन गर्न मिल्दैन । १८ घण्टे कार्यअवधिमा आधा घण्टा भोजनका लागि विश्राम लिने चिनियाँ मजदूरलाई यन्त्रको उपमा दिन सकिन्छ । चीनको विकास यात्रामा अमेरिका, जापान र यूरोपको भूमिका पनि अधिक देखिन्छ । चीनमा ७७ हजार अमेरिकी कम्पनी, ८० हजार जापानी कम्पनी र ७० हजार यूरोपेली कम्पनी रहेको छ । राष्ट्रपति सी चिनफिङको आगमनका साथै चीनको सामरिक नीतिले गर्दा आर्थिक विकास दरमा नकरात्मक असर परेको देखिन्छ । चिनियाँ सरकारी दस्तावेजले चीनको विकास दर ५ प्रतिशत रहेको दावी गरेको छ । तर रोडीयम जस्ता संस्थाले चीनको विकासदर १ दशमलब ५ प्रतिशत मात्र रहेको खुलासा गरेको छ । चीनमा कोरोनाको कहरले गर्दा ८ करोड नागरिक बेरोजगार भएको चिनियाँ कम्युनिष्ट पार्टीले समेत स्वीकार गरेको देखिन्छ ।

बेरोजगारी दरमा तिव्रता आउनुका धेरै कारणहरु मध्ये एक कारण घट्दो विकासदर समेत रहेको छ । १ प्रतिशत विकासदर खस्किदा ८० लाख बेरोजगार हुने तथ्यले सावित गरेको छ । १० प्रतिशत सम्म पुगेको विकादर खस्किनुको मतलव ४ करोड मान्छे बेरोजगार हुनु हो । चिनियाँ कम्युनिष्ट पार्टीले बेरोजगारी र गरिवीलाई सम्बोधन गर्न एक नयाँ रणनिति लिएको देखिन्छ । चीनका ठुला ठुला व्यापारिक घरानाहरुसँग ठुलो धनराषी प्राप्त गरेर बेरोजगार र गरिब व्यक्तिहरुको समस्यालाई सम्बोधन गर्न सरकार अगाडि बढिरहेको छ । आलोचकहरु यसलाई रोवीन हुड को रणनिति समेत भनेका छन् । यही निति अनुरुप चिनियाँ व्यापारी अलि बाबा सँग ६ अर्ब अमेरिकी डलर र मिथयुवारन सँग ५ अर्ब डलर चिनियाँ कम्युनिष्ट पार्टीले दोहन गरेको छ । चिनियाँ कम्यूनिष्ट पार्टीको नितिले गर्दा लगानीकर्ताहरु आफ्ना लगानी आसीयान, भारत र अन्य मूलुकहरु गइरहेका छन् । चिनियाँ अर्थतन्त्रमा रियल स्टेटको भूमिका प्रमूख रहेको देखिन्छ ।

विगतमा रियल स्टेटको व्यापार शिथिलिकरण तर्फ गइरहेको छ । रियल स्टेटको कारोबारमा कमीले गर्दा लगानीकर्ताहरु मर्माहत भएका छन् । चिनियाँ मामिलाका जानकार श्री कान्त कोण्डापलीले चीन सम्बन्धित अनेकौँ पुस्तकहरु लेखका छन् । उनका पुस्तकहरु “चीन एण्ड कोभीड १९” “चीन एण्ड व्रिम्स” “चीन एण्ड वि.आर. आई” अधिक चर्चामा आएका छन् । कोण्डापोलीले एक आलेखमा चीनमा वढ्दो वेरोजगारी र गरिवीले गर्दा कोभीड पश्चात सरकार विरुद्ध ९ लाख प्रर्दशनहरु भएको समेत जिकिर गरेका छन् ।

चीनिया कम्पयुनिष्ट पार्टी यी विद्रोहहरुलाई मत्थर गर्न विभिन्न रणनीतिहरु लिएका छन् । साधारण जनाताको विकासको नारामा साथ विभिन्न कल्याणकारी योजनाहरु घोषणा गरेका छन् । चीनमा सैनीक भन्दा प्रहरीमा अधिक खर्च हुने गर्दछ । घरेलु शान्ति व्यावस्थापनको नाममा प्रहरी द्धारा विद्रोह र पदर्शनलाई निस्तेज गर्ने चीनीया कम्यूनिष्ट पार्टिले नीति लिएको हुन्छ ।

चीनको वित्तीय संकटको साथै चीनिया स्वास्थ्य व्यावस्थामा पर्यावरणको समस्याले समेत ठूलो असर गरेको देखिन्छ । विश्वको दोश्रो प्रदुशित देशको रुपमा चीन रहेको देखिन्छ । विश्वको एक चौथाई प्रदयुशन चीनले निकाल्ने गरेको छ । एक शोध अनुसार ६ अर्ब टन प्रदुषण उत्पादन गर्ने गर्दछ । हुनत ः विगतका दिनमा प्रदुषणसँग जुध्न चीनले विद्युतिय सवारी र सन साधनमा जोड दिँदै सफलता समेत प्राप्त गरिसकेको छ । चीनको बिग्रदो वित्तिय अवस्थाको पराकमपन दक्षिण एसिया लगायत अफ्रिकी मूलुकहरुमा समेत हेर्न सकिन्छ । श्रीलंकाको कुल ऋणको ५४ प्रतिशत ऋण चीनको नै रहेको छ । श्रीलंकाको राजपक्षे सरकारले चीनसँग प्राकृतिक खाद्यको लागि सम्झौता गरेको थियो । सामूद्रिक जहाजबाट प्राकृतिक खाद्यको सट्टा चीनीया कम्पनीले रसायनिक खाद्य पठाएको थियो । श्रीलंकाले सामूद्रिक जहाजबाट सामान अवतरित गराएन । प्रतिसोधमा चिनियाँ विदेश मन्त्रीनै श्रीलंकाको यात्रा गरेर सामूद्रिक जहाजमा रहेको खाद्यको साथै चिनियाँ ऋण समेत बुझाउन श्रीलंकालाई दबाब दिएका थिए । श्रीलंकाको लागि त्यो वित्तिय संकटको घडी थियो ।

आपत्तकालीन वित्तिय अवस्थामा भारतले ४ विलियन अमेरिकी डलर दिएर श्रीलंकाको अर्थव्यावस्थालाई भरथेग गरेका थिए । बँगलादेश समेत चिनियाँ ऋणको पासोमा रहेको छ । वंगलादेशमा चीनको ६ विलियन अमेरिकी डलरको ऋण रहेको छ । शेख हसिना आफ्नो चीनको यात्रामा थप ऋणको लागि चीन सरकारलाई आग्रह गर्दा अस्वीकार गरेको थियो । प्रतिउत्तरमा शेख हसिनाले आफ्नो भ्रमणलाई छोट्याएकी थिइन ।

बँगालादेशमा सत्ता परिवर्तनको पर्दा पछाडीको मूख्य खेलाडीको रुपमा चीनलाई लिएको छ । डा. यूनुसको शपथ ग्रहण समारोहमा चिनियाँ अधिकारीको उपस्थिति हुनु चीनद्वारा पाकिस्तानी खुफिया एजेन्सी जमाते इश्लामीक लगायत विद्यार्थीसंघ संगठन हरुलाई परिचालन गर्नु जस्ता परिघटनालाई उदाहरणको रुपमा लिन सकिन्छ । चीनका विभिन्न विश्व विद्यालयहरुमा अध्ययनरत बंगलादेशका १२ हजार विद्यार्थीहरु समेत आन्दोलनमा परिचालित थिए । म्यानमार, पाकिस्तान र बंगलादेशमा सैनिक शासकहरुको वाहुल्य भएको खण्डमा चीनले आफ्नो अनुरुप रणनितिलाई प्रत्यारोपण गर्न सक्दछ ।
अफ्रिकाको वनवासा, पाकिस्तानको सीपेक जस्तै विश्वका १६ वटा मूलुकहरु चिनियाँ ऋणको कारणले वित्तिय संकटमा रहेको छ । वर्तमान परिवेशमा चीनिले समस्या वित्तिय संकट गराएको मुलुकहरुमा प्रजातान्त्रिक कित्तामा रहेमा मूलुकहरुमा ती मूलुकहरुलाई संकटबाट उद्यार गर्न सामाथ्र्य देखाउनु पर्दछ । भारतले श्रीलंकामा गरेको योगदानलाई उदाहरण रुपमा लिन सकिन्छ ।

प्रतिक्रिया