३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कलाकार ईकु पक्राउ


September 11, 2024
2.7k
Shares

काठमाडौं, २६ भाद्र । ईकु नामले चर्चित कलाकार सुलेमान शंकर पक्राउ परेका छन् । पैसा लिएर विभिन्न व्यक्तिलाई विदेशको भीसा लगाइदिने गतिविधिमा लागेको आरोपमा उनी पक्राउ परेका हुन् ।

इकुले कलाकारको भेषमा युवालाई पैसा उठाएर भीसा लगाउने र विदेश पठाउने धन्दा चलाएको प्रहरीले जनाएको छ । उनले कतिपय व्यक्तिसँग १५ देखि २० लाख सम्म लिएर ठगी गरेको खुलेको छ ।

सीआइबीले उनलाई पक्राउ गरी अनुसन्धान बढाएको छ । सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार ईकुले दुर्गम क्षेत्रका मानिसलाई यूरोप क्यानडा, अष्ट्रेलियाको भीसा लगाइदिने भन्दै रकम जम्मा गर्न लगाएर नक्कली डकुमेन्ट बनाएर विदेश पठाउने र्गथे ।

४० वर्षीय इकु धापाखेलमा बस्दै आएका थिए । उनलाई हात्तिगौडाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया