३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पेरिस ओलम्पिकमा कुन देशले बढी स्वर्ण जित्ला ?


1.7k
Shares

एजेन्सी, २२ साउन । पेरिस ओलम्पिकको विभिन्न खेलको स्पर्धाको महत्वपूर्ण क्षण आएको छ । पदकका लागि स्पर्धाहरु चलिरहँदा चीन र अमेरिकाबीच तिव्र प्रतिष्पर्धा देखिएको छ ।

चीनले २२ स्वर्ण जित्दा अमेरिकाले २१ स्वर्ण जितेको छ । चीनका दुई खेलाडीले डाइभिङको १० मिटरमा स्वर्ण र रजत जितेका छन् । डाभिङमा चीन हाबी देखिएको छ ।

बक्सिङ, रेस्लिङ, भारत्तोलन, टेबल टेनिस जस्ता खेलमा चीनले पदकको आशा राखेको छ । अमेरिकाले पनि बक्सिङ, बास्केटबल, फुटबल, भलिबल, बीच भलिबल जस्ता खेलमा पदक जित्ने सम्भावना राखेको छ । जसका कारण यी दुई देशबीच पदक तालिकामा को पहिलो होला भन्ने आँकलन गर्न कठिन छ ।

यो ओलम्पिकमा अमेरिकाले पौडीमा विगतको जस्तो प्रदर्शन गर्न सकेन । यसकारण पनि पदक तालिकामा अमेरिकालाई चीनले उछिन्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया