दाङ् शल्यान-पृथ्वी नारायण शाह

रोशण शाहा: राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाह द्वारा संमृद्ध राष्ट्रबनाउन राष्ट्रका आधारस्तम्भहरू सवलीकृत, दृढ र पुनस् एकवद्ध पार्न गरियका उहाँका कार्यहरू अतुलनीय छन् । स्वतन्त्र र संमृध्द नेपाल राष्ट्र चाहने जति सबैकालागी उहाँ आदर्श, राष्ट्रियविभुती, राष्ट्रनिर्माता र बडामहाराजधिरज हो ।
पृथ्वी नारायणका दिव्योउपदेशका महावाणीहरू, प्रजा मोटा ९संमृद्ध० भए मात्र दरबार बलियो हुने, राजाले न्याय–निसाफ हेर्दा कसैप्रति मोलाहिजा र पक्षपात गर्न नहुने, खानिउत्खनन्, कपडा लगायत देशभित्र खपतहुने कुराहरूको देशमै उत्पादन र क्षमता वृद्धि तथा निर्यात गरेर ‘नगद खैंचन’ हरबखत कोसिस गर्नुपर्ने, छिमेकीराष्ट्र र अन्यराष्ट्रसँग सँधै सन्तुलित र सावधानीपूर्ण सम्बन्ध बनाइराख्ने, देशलाई ‘सबै जातको फूलबारी’ का रूपमा सम्हाल्नुपर्ने, मुलुकलाई हानि वा कंगाल बनाउने बिदेशका महाजन वा जोकसैलाई घुसपैठ गर्न नदिने, न्याय निसाफ बिगार्ने भनेका घुस दिने र घुस खाने हुन् यी दुबैको त धन र जीउ हरि लिए पनि पाप छैन ! भन्ने सम्मको कठोर सजाय दिनुपर्नेजस्ता कुराले भ्रष्टाचाररहित राज्यव्यवस्था र सुशासनका साथ सवलराष्ट्र बनाउनकालागी भावी पुस्तालाई पृथ्वी नारायणले राम्रो सन्देश र शिक्षा दिइबक्सेको छ ।
हाल देशमा राष्ट्रिय संमृद्धिका आधार स्तम्भहरू धर्मरायका बेला राष्ट्रिय एकताको भावना प्रवल जगाउन सबैले पुनः एकपटक उहाँको दिव्योउपदेशका महावाणीहरू पठन पाठन र मनन् गर्नगराउन नितान्त आवश्यक छ जस्तो लाग्दछ । हामीमा अक्ष्युण्ण राष्ट्रिय भावना रहिराखोस भनि श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहलाई उहाँको आऊँदै गरेको २९९औँ जन्मजयन्तिको अवसरमा सम्झनकालागी उसवखतका दाङ्-शल्यान र उहाँ सँग सम्बन्धीत रहेका केही पुराना दस्तावेजमध्य केही चिठ्ठीपत्र र ताम्रपत्रका सहयोगमा सबैका ऐतिहासिक जानकारीमा पुनःर्ताजगी ल्याउन प्रस्तुत यो लेख लेख्दैछु । पुराना दस्तावेजहरूमा पृथ्वी नारायणले शल्यानी राजासँग पारीवारीक सम्बन्ध गाँसेको र शल्यानलाई ‘धर्मशल्ल्याना’ भनि लेखेको देखिन्छ । पुराना चिठ्ठिपत्रहरु हेर्दा शल्यानी राजासँग अत्यन्त सौहार्दपूर्ण पारीवारीक सम्बन्ध रहेको देखिन्छ ।
शल्यानी राजा श्रीकृष्ण र पृथ्वीनारायणको सम्बन्धस श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह वाराणशी यात्रामा जाँदा योगी भवन्तनाथ र अन्यभारदार लिएर गएका रहेछन् संयोगवश (सायद यो संयोग सिद्ध भवन्तनाथ ले नै जुरायको हुनुपर्छ, मनिकर्णीका घाटको जल छोएर जाजरकोटी राजा सङ्ग सम्झौता भएको देखिन्छ।) तेतिखेरै शल्यान नरेश महाराजा श्रीकृष्ण शाहा पनि वाराणशीको तिर्थयात्रामा जाँदा जाजरकोटी राजा लगायत अरू राजारजौटाहरू साथलिई वाराणशी पुगेको समयमा मणिकर्णिका घाटमा भेटभई सङ्गत हुँदा मित्रता झाङ्गीएर एकअर्कासँग प्रभावित भएको देखिन्छ । पृथ्वी नारायणले श्रीकृष्ण शाहाका छोरा श्री रणभिम शाहालाई छोरी दिई सँधैलाई सम्बन्ध गाँस्न चाहेको मनसुबा भवन्तनाथ मार्फत राखेछन् । शल्यानी राजा श्रीकृष्ण शाहाले तिर्थस्थानमा गृहस्थिको कुरानगरौँ पछि गरौँला भनेकाले वाराणशीबाट फर्केपछी गोर्खा नरेश पृथ्वीनाराण शाहले पुनस् भगवन्तनाथ योगीलाई आफ्नी राजकुमारी विलाशकुमारीको र श्रीकृष्ण शाहाका पुत्र राजकुमार श्री रणभिम शाहको विवाहको कुरा लिएर शल्यानमा पठाई विवाहको निधोगराएको र यसरी पृथ्वी नारायण शाह एवम् उहाँकी जेठीरानी इन्द्र देवी शाह तिरकी जेष्ठ सुपुत्री छोरी राजकुमारी बिलासकुमारीसंग शल्यानी राजकुमार श्री रणभिम शाहाको सम्वत् १८२३ सालमा विवाह हुन्छ ।
श्री रणभिम शाहाको विवाहमा राजकुमारी बिलासकुमारीको डोला शल्यानको खलंगा दरवारमा नलगी फलावाङ्कै दरवारमा भित्र्याईएछ । डोलासङ्गै गोर्खाबाट दुलहीका साथलागी आएकाहरू सबै यतै बसोबास गर्ने भएछन र फलावाङ् दरवार नजिक बसाऊँदा दरवारको भेदखुल्ने ठानी फलावाङ्को थर्कोट पहाडको दक्षिण तर्फरहेका बस्तिमा गोर्खाबाट आयकाहरूलाई राखिएछ । अहिले दमारगाऊँमा हिमावतखण्ड हिमशैलको बोम्बोरबोनर बोन्पो सभ्यताका अनुयायी गुरुङ्हरूमा मात्र सिमितहुन पुगेको तमु ल्होसार पर्व मनाउनेहरू तिनै गोर्खाबाट आएकाहरू कै सन्ततिहरू लगायतका हुन् ।
पृथ्वी नारायणको छोरी राजकुमारी बिलासकुमारीसँग शल्यानी राजकुमार श्री रणभिम शाहाको विवाह गराउन सहयोग गर्ने सिद्ध भगवन्तनाथ योगी गोर्खा देखि शल्यान आएर शल्यानको राणागाऊँ र पछि दाङ् श्रीगाँऊ लगायत ठाऊँमा बसे । श्रीगाँऊमा अझै निज सिद्ध भगवन्तनाथयोगीका बेला बनाउन लगाएका मन्दिरहरु छँदैछन् ।
९श्रीगाऊँ दाङ्मा बि।स।१८४७ मा सिद्ध भगवन्तनाथ योगीका समयमा बनाईएका मठमन्दिर जहाँ भवन्तनाथ पछि मठाधिस भएर क्रमशः भुवनेश्र्वरनाथ, रूपनाथ, लोकनाथ, जक्तिनाथ आदि रहे०
नेपाल एकिकरणको सपना पूरा नभै बडामहाराज श्री ५ पृथ्वी नारायण शाहको मृत्यू भयो र मृत्यू पछि राजा भएका राजा प्रतापसिंह शाह पनि तिनवर्षमात्र राज्यगरी २६ वर्षको अल्पआयुमै मृत्यू भएपछि बडामहाराजको राष्ट्र एकिकरणको अधुरो चाहनालाई पूरागर्न नाबालक राजा वा राजमाता भाइबुहारी राजेन्द्रलक्ष्मीबाट कठिन देखि श्री ५ पृथ्वी नारायणकी छोरी सल्ल्यानी महारानी विलास कुमारी शाहाले, सौतेनी काका दलजित र राजा प्रतापसिंहले बहादुर शाहको राज्यको शासन प्रशासनमा मजबुत पकड देखि डराई कोपमा पार्नथालिसकेकोमा आफन्तहरू र राजगुरूको अनुनयविनयबाट उम्कनसफल भै चेपेनदी पारी निकालामा परेका र पछि पाल्पाहुँदै वेतिया कलकत्ता निर्वासनमा गएका भाइ राजकुमार बहादुर शाहलाई बुवाको सपना पूरागर्न भाइबुहारीलाई पटक पटक बोलाउन लगाऊँदा नआएपछि आफैले बुवाको सपना पूरागर्न राज्य एकिकरणका लागि तिमी जसरीहुन्छ अविलम्ब नेपाल फिर्कीआऊ यहाँ तिमीलाई केही हुनेछैन । तिम्रो अनुकुल वातावरणको सम्पूर्ण व्यवस्था हामी गरौँला, भनि चिठ्ठी लेखी भवन्तनाथ सँग पठाउँदा, बहादुर शाह दिज्यूको भरोसामा नेपाल फर्किई जसो तसो अवरोधका बावजुद काठमाण्डौ छिरी पुनः चौतरिया र नायवीको पदलिई पश्चिम तिर नेपाल राज्य एकिकरण गर्न निस्किए र नेपालको सिमाना पश्चिममा काँगडा सम्मफैलियो ।
शल्ल्यानी राजा श्रीकृष्णशाहा तथा नेपाल एकिकरणमा महत्वपूर्ण योगदान रहेका सिद्ध भगवन्तनाथ योगीको धर्मसन्धिस
श्री । गोसाई । ज्यू । भगवन्त
स्वस्तिश्री साके १६९० श्री सम्वत् १८२५ आषाड् सुदि ५ रोज १ स्वस्तिश्रीमन्महाराजाधिराज श्री श्री श्रीमाहाराज श्रीकृष्णशाहादेवानां सदा समरविजयिना
