गुरु पूर्णिमाको बढ्दो महत्व
काठमाडौं, ६ साउन । गुरु पूर्णिमा गुरुहरुप्रति श्रद्धा र सम्मान प्रकट गरी मनाइँदैछ । आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।
आफूलाई शिक्षा दिने गरुप्रति श्रद्धाभाव प्रकट गरी मनाउने गरिन्छ । गुरुका रुपमा ज्ञानको पूजा गरिन्छ ।
हिन्दु र बौद्ध धर्मालम्बीहरुले गुरु पूर्णिमालाई आफ्नो धर्म तथा पारस्परिक सांस्कृतिक ज्ञानको बाटो देखाउने दिनका रुपमा लिन्छन् ।
गुरु पूर्णिमाको पछिल्लो समय झन् महिमा बढेको छ ।