१ मंसिर २०८१, शनिबार | November 16, 2024

काँग्रेस र एमालेलाई कुन कुन मन्त्रालय (सूचीसहित)


2k
Shares

काठमाडौं, ३० असार । नेपाली काँग्रेस र नेकपा एमालेले मन्त्रालय भागवण्डाको टुंगो लगाएका छन् । दुई दलका नेता बसेर काँग्रेसले ९ र एमालेले ८ मन्त्रालयको भागवण्डा मिलाएका हुन् ।
केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै मन्त्रालयको भागवण्डा पनि मिलेको हो ।

काँग्रेसले उपप्रधानमन्त्रीसहित गृह, रक्षा, परराष्ट्र, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानून र वन मन्त्रालय पाउने टुंगो लागेको बुझिएको छ ।

प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित एमालेको भागमा भौतिक पूर्वाधार, अर्थ, सञ्चार, शिक्षा, उद्दोग, सामान्य प्रशासन, भूमि व्यवस्था र महिला बालबालिका मन्त्रालय पाएको छ ।

बाँकी चार मन्त्रालय साना दलका लागि राखिने तय भएको छ । जसमा युवा तथा खेलकुद, श्रम, खानेपानी र कृषि मन्त्रालय रहेका छन् ।

प्रतिक्रिया