१० कार्तिक २०८१, शनिबार | October 26, 2024

एक सय विकेट लिएर सन्दीपले रचे इतिहास


7.1k
Shares

काठमाडौं, ३ असार । नेपालका क्रिकेट स्टार सन्दीप लामिछाने ट्वेन्टी ट्वेन्टी क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट लिने दोस्रो खेलाडी भएका छन् । उनले सोमबार बँगलादेशविरुद्ध २ विकेट लिदै एक सय विकेट पूरा गरे ।

भीसा नपाएर अमेरिकामा भएको दुई खेल खेल्न नपाएका सन्दीपले वेस्ट इन्डिजमा भएको दुवै खेल खेले । उनले खेलेको दुवै खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

बँगलादेशविरुद्धको खेलमा सन्दीप मैदानमा हावी भए । उनले दुवै विकेट बोल्ड गरेर लिएका थिए । अर्को दुई विकेटमा क्याच र रन आउट गरेका थिए ।

दक्षिण अफ्रिका र बँगलादेशविरुद्धको खेलमा सन्दीपको प्रदर्शन उत्कृष्ट भएबाट उनका आलोचकहरु समेतको मुख बन्द भएको छ ।

प्रतिक्रिया