२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

किन ४ वर्षसँग चीनले बन्द गर्यो नेपालसँगको महत्वपूर्ण नाका


415
Shares

काठमाडौं, १२ जेठ । चीनले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै लामो समय नेपालसँगको सीमा नाका बन्द गर्यो । रसुवाको केरुंग नाका, सिन्धुपाल्चोकको तातोपानी नाका समेत बन्द भयो ।

चीनले केही पछि एकतर्फी नाका खोल्यो । चीनबाट सामान नेपालतर्फ जाने तर नेपालको सामान चीनतर्फ नजाने गरायो । नेपालले निकै पहल गरेपछि केरुंग नाका मात्र खुल्यो ।

तातोपानी नाका पनि गत वर्ष खुल्यो । यसरी चीनले नेपालसँगको सीमा नाका खोल्न गाह्रो मान्यो ।

चीनले पूर्वको संखुवासभा नाका आदेखि पुनः खोलेको छ । यो नाका चार वर्ष बन्द गर्यो चीनले ।

कोरोना अघि चीनसँग १४ वटा सीमा नाका खुलाइएको थियो । त्यसपछि बन्द हुँदा नेपाललाई मार परेको थियो । शनिबारबाट ७ वटा परम्परागत नाका खुलेको घोषणा भएको छ । अझै ७ वटा नाका खुलाइने चिनियाँ राजदूतावासले जनाएको छ ।

रसुवागढी केरुङ, तातोपानी झाङ्मु, यारी पुरान र नेचुङ कोरला नाका चीनले क्रमशः खोल्यो । ताप्लेजुङको टिप्तला नाका शुक्रबारबाट खोलेको छ चीनले ।

चार वर्ष नाका बन्द गरेर चीनले पुनः खोलेको घोषणा गरेको छ बल्ल । तर, नाका बन्द हुँदा नेपाली सामान चीनतर्फ जान पाएन । नेपालले ठूलो आर्थिक क्षति व्यहोरिसकेको छ ।

प्रतिक्रिया