भारत र चीनको दक्षिण एसियामा टकराव
विपिन देवः दक्षिण एसिया सम्भावना र अवसरले भरिपूर्ण छ । संस्कृती र सभ्यताको सम्वाहक हुनुको साथै उत्पादनको हिसावले समेत अब्वल मानिन्छ यो क्षेत्र । ब्रिटिश उपनिवेशले दक्षिण एसियालाई प्रचुर मात्रामा दोहन गरेका थिए । वर्तमान परिवेशमा दक्षिण एसियामा भारत र चीनको सामरिक टकराव यत्रतत्र देखिन्छ । भौगोलिक बनोटले गर्दा भारतको सीमा दक्षिण एसियाका हरेक मुलुकहरूसँग जोडिएको छ । वङ्गलादेश, म्यानमार, पाकिस्तान, भुटान, श्रीलङ्का र नेपालसंग भारतको सीमा जोडिएकोले भारत दक्षिण एसियाको ट्रान्जीट प्वाइन्ट वन्न सम्भावना बोकेको छ । संस्कृती र सभ्यताको हिसाबले समेत भारतको सामिप्यता यी मुलुकहरूसंग सघन �

