१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

सन्दीप लामिछानेको मुद्दामा के होला ?


1.9k
Shares

काठमाडौं, २३ वैशाख । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने विश्वकप टोलीमा परेनन् । उनले लगत्तै आक्रोश पोखेर आफूविरुद्ध षड्यन्त्र गर्नेको भण्डाफोर गर्ने चेतावनी दिए ।

सन्दीपमाथि बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेकोमा पुनरावेदन हालेका छन् उच्च अदालत पाटनमा । यो मुद्दाको सुनुवाई आइतबार हुँदैछ ।

मुद्दाको फैसला विश्वकप टोली छनोट अघि नै हुनेमा सन्दीप आशावादी थिए । अब चाँडै फैसला हुने देखिएको छ ।

सन्दीप दोषी ठहर भएपनि बलात्कारको आरोप लगाउने महिला १८ वर्ष मुनी नरहेको ठहर अदालतको छ । अब पुनरावेदन हुँदा यो घटनामा करणी हो होइन र भएको भए षड्यन्त्र पनि भएको थियो या थिएन भन्ने विषय पनि गम्भीर बनेको छ । त्यसैले यो मुद्दामा के होला भन्ने चासो देखिएको छ ।

प्रतिक्रिया