३ आश्विन २०८१, बिहिबार | September 19, 2024

इरान-इजरायल मिसायल हानाहानले तेलको मूल्यवृद्धि


498
Shares

एजेन्सी, ९ वैशाख । कच्चा तेलको मूल्य प्रतिब्यारल एक सय डलर पुग्ने सम्भावना फेरि बढेको छ । विश्वबजारमा तेलको मूल्य स्थिर हुँदा पुनः मूल्यवृद्धि भएको छ ।

इजरायलमाथि इरानले ड्रोन र मिसायल हमलापछि तेलको मूल्य आकाशिएको थियो । जवाफमा इरानमाथि पनि इजरायलले मिसायल प्रहार गरेको छ । यसले पुनः तेलको मूल्य वृद्धि भएको छ ।

रुसले युक्रेनमाथि हमला गरेपछि तेलको मूल्यवृद्धि भएको थियो । कोरोना भाइरसको महामारीका क्रममा तेलको मूल्य प्रतिब्यारल २० डलरमा झरेको थियो । त्यसपछि केहीमात्रामा मूल्यवृद्धि भएपनि युक्रेन युद्धले ह्वात्तै बढ्यो ।

तेलको मूल्यवृद्धिले विश्वका धनीको सम्पत्ति झन् बढेको छ । विश्वका अर्बपतिहरु बढेका छन् भने बढी धनीमध्ये धेरैको सम्पत्ति दोब्बर बढेको छ ।

तेलको मूल्यवृद्धिले अमेरिका, रुस, साउदी अरेबिया जस्ता देशहरुको सम्पत्ति बढेको छ । चीन र भारतले रुसबाट सस्तो मूल्यमा तेल खरिद गरेर आर्थिक वृद्धिलाई गति दिएका छन् ।

प्रतिक्रिया